रामकिशोर चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकास्थित श्रीदिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय औराहा पन्चगावामा शनिबार छात्रावासको शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष देवकी महतो थरुनीको अध्यक्षतामा भएको सो कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यसवन्त यादवले छात्रबास भपनको शिल्यान्यास गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, वडा नम्बर १ का नवनिर्वाचित अध्यक्ष बाशुदेव महतो थारु, वडा २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा ३ का अध्यक्ष मोजालिम मिया, वडा ४ का अध्यक्ष महम्मद आरिफ, गाउँकार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारी र विद्यालयका शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाल सरकारद्वारा नमुना विद्यालय सहयोग कार्यक्रम बापत १ करोड ८५ लाख ७० हजारको लागतमा निर्माण हुन लागेको सो पुरुष छात्राबास भवनको शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरीले जानकारी दिनुभयो । सोही कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुको विद्यालयले सम्मान पनि गरेको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष यादवले वडा नम्बर २ को प्रसौनी टोलमा नाला निर्माणको शिलान्यास गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष यादवले झन्डै २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पक्की नालाको शनिवार शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले हिन्दू धर्म र संस्कृतिका अनुसार वडा अध्यक्ष चिरञ्जीवी महतो र स्थानीयहरुको उपस्थितिमा नाला निर्माणको शिलान्यास गर्नुभएको गाउँपालिका कार्यालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँपालिकामा विकास निर्माणको कार्यले अब गति लिने बताउनुभयो । यसअघिका जनप्रतिनिधिले कार्यकर्ता पाल्ने र आफ्ना आसेपासेहरुलाई नियुक्ति दिने बाहेकको केही काम नगरेको आरोप लगाउँदै यादवले गाउँपालिकाको पाँच वर्षको अवधिमा कायापलट गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२ महिनाको अवधिमा सम्पन्न गर्नुपर्ने सोे नाला निर्माणको ठेक्का रामराज प्रसाद चौरसियाले पाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here