बिदुर खडका
डुमरवाना,श्रमिकहरु सोजासाजा र हुँदा खाने वर्ग भएको कारण श्रमिकले संञ्चालन गरेको सहकारीमा पदको लुछाचुडी नभएको बरु कर गरेर पदमा राख्नु पर्ने अवस्था रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष दुर्गादत्त अधिकारीले बताउनुभएको छ ।
बहुराष्ट्रिय कंम्पनी सुर्य नेपाल सिमरामा कार्यरत कर्मचारी र श्रमिकहरुबीच मानसिक श्रम र शारीरिक श्रम गर्ने कुन चाहि सक्कली श्रमिक हुन भन्ने मुद्दामा अदालतले कंम्पनीमा कार्यरत सबै कर्मचारीहरु श्रमिकमा गणना गरिने राय दिइरहेको बेला कंम्पनीमा कार्यरत श्रमिकहरुले संञ्चालन गरेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभा संम्पंन्न भएको छ ।
सुर्य नेपाल कंम्पनीका श्रमिक र कर्मचारीहरुमा अरु कंम्पनीमा भन्दा आर्कषक सेवा सुविधा भएपनि मजदुुर एकता कायम राख्न र निम्न आए भएका सबै श्रमिकलाई स्थापित गर्ने उद्देश्यले श्रमिक सहकारी संस्था संञ्चालन गरिएको अध्यक्ष अधिकारी को भनाइ छ ।
अन्य सहकारीमा संस्थाभन्दा खासै फरक नभएपनि सहकारीको आर्थिक अवस्था सामान्य रहेको संञ्चालक प्रेम बस्नेत बताउनुहुन्छ । अध्यक्ष अदिकारीको प्रतिवेदनमा १८ सय सेयर सदस्य उल्लेखित भएअनुसार ६ करोड ९९ लाख चुक्ता पुँजी रहेको श्रमिक सहकारीले आर्थिक बर्ष २०७७÷०७८ मा ३३ लाख मुनाफा गरेको छ ।
साधारण सभालाई बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सतेन्द्र ठाकुर, सचिव राजु अधिकारी, सहकारी अभियान्ता शालिकराम अदिकारी, मुकुन्दबहादुर क्षेत्री, माधब त्रिपाठी, संञ्चारकर्मी बिदुर खडका लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाले बेनी तिमल्सेनाको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको छ ।
कार्यक्रममा सहकारी संस्थाका संञ्चालकहरुले अतिथिहरुलाई मायाको चिनो प्रदान गररेका थिए । प्रेम बस्नेतले संञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अधिकारीले गर्नुभएको थियो ।