निजगढ, पौष ६ जिल्ला समन्वय समिति बाराका सभापती नवलकिशोर सिंह र प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसहितको टोलीले आइतबार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण स्थलअन्तरगत पर्ने टाँगियावस्ति क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

प्रस्तावित विमानस्थल क्षेत्रभित्र पर्ने जंगलमा जिल्ला वन कार्यालयले हाल शुरु गरेको रुख गणना कार्यको बारेमा जानकारी लिनुका साथै टोलीले टाँगियावस्तिका स्थानीयसंग भेटेर वस्ति हस्तान्तरको बारेमा पनि बुझेको थियो । डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख मन्जुर अहमदले वन क्षेत्रमा भइरहेको रुखको गणना कार्यको बारेमा जानकारी गराउनु भएको थियो ।

टोलीमा विमानस्थल आयोजना प्रमुख विजय यादव, बाराका प्रहरी प्रमुख कृष्णप्रसाद पङ्गेनी, डिभिजन वन अधिकृत अहमद, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख रिवेनकुमार गच्छदारलगायत वन कर्मचारी र संचारकर्मीहरुकोसमेत सहभागिता रहेको थियो । अनुगमनपछि वन कार्यालयमा आयोजना गरिएको ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालगायत वन कार्यालयको वार्षिक प्रगति समिक्षा एव अन्र्तक्रिया कार्यक्रम’ मा बोल्दै समन्वय समितिका संयोजक सिंहले विमानस्थल निर्माणका लागि सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

‘विकासका सवालमा हामी सबै एकजुट हुनु पर्दछ, उहाँले भन्नुभयो, विकास विना मुलुकको समृद्धी नहुने भएकोले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सबै एक भएर लाग्नुपर्छ ।’ कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका सिंहले जिल्लाबासी नागरिक, कर्मचारी, सञ्चारकर्मीहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बारेमा सकारात्मक हुनु पर्ने भन्दै कहीकतै गलत कार्य भएका भएपनि दोषिमाथि कारवाही गरेर अघि बढनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रजिअ नेपालले अन्तर्राष्टिय विमानस्थल आयोजना नेपाललाई सम्पन्न पार्ने मुख्य योजना भएकोले सफल पार्न आफुले भ्यायसम्मको भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख अहमदले विमानस्थलका क्षेत्रमा हाल भइरहेको रुखको नम्बरिङ्ग कार्य बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले विमानस्थल निर्माणका क्रममा संघिय सरकार र प्रदेश सरकारबीच आवश्यक समन्वयको अभावमा वन कार्यालयकोतर्फबाट गर्नुपर्ने कार्यहरुमा समस्या बेहोर्नु परेको बताउनुभयो । उहाँले आयोजनाका चुनौतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख यादवले विमानस्थल निर्माणमा टाँगियावस्ति मुख्य समस्याको रुपमा रहेपनि आन्तरिक गृहकार्य पुरा गरेर चाडै नैं वस्ति स्थानन्तरण गरिने बताउनुभयो । कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत अनिल साहले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here