वीरगन्ज।वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सोमबार अपरान्ह एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जभरी कर्फ्यू आदेश जारी गरेको हो ।

रौतहटको इशनाथमा गत फागुन ३ गते हिन्दु समूहसंग झडप भएपछि त्यसको बिरोधमा सोमबार वीरगन्जमा प्रर्दशनसहित हिन्दुवादीहरुले बजार समेत बन्द आह्वान गरेपछि वीरगन्जमा हिंसा भड्कन सक्ने संभावना बढेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गर्दै सोमबार साँझ ५ बजेपछि वीरगन्जमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ख बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनले वीरगन्जमा पूर्वमा बाराको सीमाना रहेको नगवाचोक,पश्चिममा तिलावे पुल तथा उत्तरमा परवानीपुर एवम् दक्षिणमा मितेरीपुल सम्मका सबै क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख । प्रजिअको आदेशमा ह्ड्डिुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here