कलैया,बारामा प्रहरीले ठूलो परिमाणको खाने तेलसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७बर्षीय वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ ट्रक चालकहुन् भने बाँकी तीनजना व्यापारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
परवानीपुर गाउँपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले रौतहटमा बेचेका थिए ।