नेकपा एमालेकी पूर्व उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको शनीवार मधेसमा निकै तामझामका साथ स्वागत गरेको देखियो ।मुख्यत एमाले वृत्तबाट नै भण्डारीको बढी स्वागत भएको पनि देखियो । केही दिनदेखिको एमालेको राजनीतिको कुरा गर्ने हो भने विद्या भण्डारी र एमालेका अध्यक्ष केपी ओलीका बीचमा टसल देखिन्छ ।
ओली भलै शनीवार नै चीन गएको पनि अवस्था छ । प्रधानमन्त्रीको हैसियतमा ओली चीन जांदा भण्डारी भने मधेस झर्नुभयो, वीरगञ्जमा । वीरगन्जमा पनि उद्योग बाणिज्य संघकै निमन्त्रणा थियो । उद्योग बाणिज्य संघले पनि भण्डारीलाई राम्रै प्लेट फर्म दियो भनौं । राजनीति गर्नका लागि अहिले भण्डारीलाई प्लेटफर्म नै चाहिएको पनि छ ।
एकथरीले भण्डारी एमालेमा सक्रिय भएको पनि देख्न चाहने कुरा गर्दछन् । कही कतै भण्डारीको यो चाहना पनि देखिन्छ नै । समय र स्वयम् पार्टीबाट हुने साथ चैं फरक कुरा रह्यो । केपी ओलीका तर्फबाट त एमालेमा विद्याको प्रवेशलाई निषेध नै भएको छ ।

तैपनि पार्टी कार्यकर्तामा भण्डारीप्रतिको एक खालको क्रेज देखिएको छ । शनीवार पर्सा र बाराका केही गतिविधि हेर्ने हो भनेपनि यस्तो त देखिन्छ नै तर नागरिक स्तरबाट भने भण्डारीप्रति अपेक्षित रुची वृद्धि भएको देखिदैन ।
राष्ट्रप्रमुख भएका बेला राष्ट्रियताको सवालमा भण्डारीले निर्वाह गरेको भूमिका सराहनीय भएपनि संसद विघटनको घटनामा भण्डारीको भूमिकालाई लिएर जनमानसमा असन्तुष्टि छ ।

Leave a Reply