निजगढ,सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।बाराका सशस्त्र प्रहरी प्रमुख एसपी खुमबहादुर केसीको निर्देशनमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिल्लाका विभिन्न सीमा नाकासहित मुख्य सडक खण्डमा निगरानी बढाउँदा तिन लाख पच्चिस हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
कलैया १० मटिअर्वा सीमा क्षेत्रबाट मोबाइल सेट, चिनी तथा किराना सामानसहित रु. एक लाख ३५ हजार सात सय बराबरको सामान मटेर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले नियन्त्रणमा लिएको हो ।

यसैगरी विरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत नितनपुरमा रोकिएको यात्रुवाहक बसको डिकीबाट रु. एक लाख ४५ हजार बराबरका लेडिज आइटम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।यसैगरी निजगढ नगरपालिका वडा नम्बर ८ बकैया पुलमा रौतहटबाट हेटौडातर्फ जाँदै गरेको यात्रुवाहक बसको डिक्की चेकजाँच गर्दा रेडिमेड कपडा रु ६० हजार बराबरको बरामद भएको हो ।उक्त सामान निजगढस्थित विपद् व्यवस्थापन सुरक्षा वेशले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको एसपी केसीले जनाएका छन् ।

Leave a Reply