वीरगञ्ज मधेशको ठाउँ भएपनि सुविधा सम्पन्न छ । यहाँ स्वास्थ्यका लागि अस्पतालहरु छन् । पढ्नका लागि भने जस्ता विद्यालयहरु छन् । सरकारले यिनै कुरा देखेर महानगरको घोषणा पनि गरेको होला । त्यसो त महानगरमा समस्या नै हुँदैन भन्ने पनि नहोला तर समस्या चाँही कुन हदसम्मको हो भन्ने कुरा चैं महत्वपूर्ण होला ।

शहरमा बढ्दै गरेको जनघनत्वका कारण पनि स्वास्थ्यका समस्याहरु आउन सक्छन् । तर यसको बेलैमा समाधानको उपाय खोजिनु पर्दछ । अहिले वीर्गञ्जमा हैजाको प्रकोप देखिएको छ । सामान्यतया हैजा त्यसरी सहज रुपमा देखिने रोग होइन तर देखिएपछि सर्तकता त अपनाउनुपर्छ नै तर यो कसरी फैलियो भनेर जानकारी पनि लिन आवश्यक छ ।
समुदाय स्तरमा नै वीरगञ्जमा हैजा फैलिएको कुरा आएको छ । यति तीव्र गतिमा यो संक्रमण फैलिदा पनि राज्यका निकायरुले के गरे भन्ने कुरा महत्वपूर्ण हो । वीरगञ्जमा ठूलो अस्पताल छ,सरकारी स्तरको नै अनि राज्यका संयन्त्रको पनि राम्रो उपस्थिति छ । यो कुनै दुर्गम स्थान होइन । यहाँ गर्न नसकिने कुरा केही पनि छैन ।

तर पनि हैजाका कारण नागरिकहरुले ज्यान गुमाउन परेको छ । यो लाजमर्दो मात्र होइन विडम्बनाको कुरा हो । कसको लापारवाहीका कारण यो समस्या आयो भन्ने कुराको खोजबिन हुन आवश्यक छ तर अहिलेका लागि हैजा नियन्त्रणमा ल्याउन पहिलो शर्त हो । र नागरिकहरुको ज्यान जोगाउन पर्छ अनि कसरी यो अवस्था आयो भन्नेमा विश्लेषण गरी आइन्दा यस्तो नहोस् भनेर नीति बनाउन आवश्यक छ । यसमा पनि ढिला चैं नगरौं ।

Leave a Reply