हुन त राजनीतिमा मौसम बेमौसम भन्ने हुन्न होला । कतिपय घटनाक्रमले यही देखाउने गर्दछ । आफ्नो स्वार्थ अनुसारको बाजा जतिबेला बजाए पनि हुन्छ हाम्रो राजनीतिमा ।नेपालमा सवालमा राजनीतिमा यस्तै देखिएको छ । स्वार्थ अनुकुल कुरा गर्नका लागि नेपालमा रोकतोक छैन । अहिले फेरि नेपालको राजनीतिमा एकाएक उपसभामुख इन्द्रिरा रानाको विषय उठान गरेको देखिन्छ ।

काँग्रेस र एमालेले उपसभाम्ुख हटाउन चाहेको भएपनि फेरि काँग्रेसकै कारण लगभग मत्थर जस्तो भएको छ । बुधवार दिनभर यही विषयमा बढी अभ्यास भयो तर बिहीवार केही सेलाएको जस्तो भएपनि यो विषय जुनसुकै बेला पनि उठ्ने संभावना उत्तिकै छ ।
एमाले सरकारको नेतृत्वकर्ता दल भएकाले पनि आफ्नो अनुकुलको उपसभामुख नहँदा सायद उसलाई समस्या भएको हुनसक्छ । रानालाई हटाउन पाए भाग आफ्नोमा आउने दाउमा काँग्रेस होला सायद । अन्य विपक्षी दलको त यो विषयमा विमति रहने नै भयो । किनभने अहिले रास्वपा सहितका दलहरु विपक्षी मोर्चामा नै छन् । काँग्रेसको शेखर कोइराला पक्ष सायद यो विषयमा हालका लागि अगाडि बढ्न चाहेन ।
जनताका लागि भने यो अनाश्यक विषय हो । बेमौसमी कुरा हो । देशका कयौं विषयहरु थाती राखेर यो विषय उठान गर्नुको अर्थ छैन । सभामुखमा रानाको ठाउमा जो आएपनि जनतालाई भने केही फरक पर्दैन । यो जनतासंग जोडिएको कुरा पनि होइन । यो पद जनतासंग जोडिएको पनि होइन । त्यसैले पनि यो कुरा नागरिकहरुका लागि चासो छैन तर यहाँ यसैको खेल भइरहेको छ ।

















