हेटौंडा, मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरले जिल्लामा कृयाशिल बिभिन्न राजनीतिक दललाई ज्ञापन पत्र सहित ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलको अगुवाईमा मकवानपुर जिल्लामा कृयाशिल राजनीतिक दलहरुलाई नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,राप्रपा,राप्रपा नेपाल लगायतका राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएको हो । आसन्न स्थानीय निकायमा एकल महिलाहरुको पनि अधिकार स्थापित गर्नुपर्ने र एकल महिलाहरुका लागि चुनावी घोषणा पत्रमा नै बिशेष कार्यक्रम समावेश गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलले जानकारी दिनुभयो । ज्ञाप पत्र बुझाउने क्रममा सो समूह मकवानपुरमा आवद्ध जिल्ला कार्य समितिका पदाधिकारी सहित सदस्यहरु र बागमती प्रदेशकी अध्यक्ष दवकी पौडेलको समेत बिशेष उपस्थिति रहेको थियो ।
Home राष्ट्रिय समाचार मानव अधिकारका लागि एकल महिला समूहद्धारा मकवानपुरका राजनीतिक दलहरुलाई ज्ञापन पत्र पेश