आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका ७ स्थित उद्योग वाणिज्य संघ सिम्रैनगढको सभा कक्षमा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रममा सिम्रौनगढ बजार विस्तारको विषयमा छलफल गरिएको थियो । साथै बजार व्यवस्थापनमा नगरपालिकाको भूमिका, व्यापारी, उपभोक्ताको अधिकार र कर्तव्य तथा विभिन्न प्रकारको कर एवंम घरेलु उद्योगका सम्बन्धमा जानकारी दिइएको थियो ।

घरेलु तथा सना उद्योग कार्यालय कलैया बाराको आयोजनामा भएको कार्यक्रममा घरेलु उघोग बाराका प्रमुख धर्मेन्द्रलाल कर्ण, कर अधिकृत पप्पुकुमार गुप्ता, मुकेश यादव र उपभोक्ता हित संरक्षण मञ्चका अरुण खनालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।करिब ६० जना सेवाग्राहीहरुको उपस्थिति रहेको यो कार्यक्रममा सरकारी अधिकारीहरुले सेवाग्राहीहरुको जिज्ञासा सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here