निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयले नेत्रोदय तेक्वाण्डो डोजाङ्गलाई खेल सामग्री सहयोग गरेको छ ।वडा अध्यक्ष टेकबहादुर लामाले नेत्रोदय माविमा मंगलवार भएको एक कार्यक्रममा डोजाङ्ग प्रमुख धनकुमार सिंजालीलाई १ लाख ८० हजार मूल्य बराबरको खेल सामग्री म्याट प्रदान गर्नुभएको हो ।कार्यक्रममा वडा सदस्य दिलबहादुर पुलामी, भगवती घिमिरे, सुभद्रा सुनुवार, बारा जिल्ला तेक्वाण्डो संघका अध्यक्ष चित्रबहादुर लामा, खेलप्रेमी खडकबहादुर पुलामी लगायत स्थानीयबासिन्दा र खेलाडीहरुको उपस्थिति रहेको थियो ।सोही कार्यक्रममा खडकबहादुर पुलामीले चितवनमा भएको तेक्वाण्डो प्रतियोगितामा विजयी नेत्रोदय डोजाङ्गका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान पनि गर्नुभएको थियो ।त्यसैगरी मंगलवार नै निजगढ २ को परिवर्तनशिल क्लबको आयोजनामा शुरु भएको वडा स्तरीय फुटबल प्रतियोगिताको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गर्नुभएको छ । “खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति भन्ने नाराका साथ शुरु भएको फुटबल प्रतियोगिता उद्धाटन कार्यक्रम वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष पुष्कल खड्का, वडा नम्बर १ का अध्यक्ष मंगले लोप्चनलगायतको सहभागिता रहेको थियो ।



















