निजगढ,नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको‘टिभिएस एक्सचेन्ज मनिया’ कार्यक्रम निजगढमा पनि सञ्चालन भएको छ ।आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै निजगढ ९ स्थित टिभिएस मोटरसाइकल तथा स्कुटरको बिक्रेता माँ अजिमा ट्रेडर्सले सोमवारबाट एक्सचेन्ज मनिया कार्यक्रम शुरु गरेको हो ।
आगामी भदौं ८ गतेसम्म आयोजना हुने सो एक्सचेन्ज कार्यक्रम अन्तर्गत ग्राहकहरूले आफूले चलाइरहेका जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर सहजै एक्सचेन्ज गरी नयाँ टिभिएस ब्रान्डको बाइक वा स्कुटर विशेष छुटमा खरिद गर्न सक्नेछन् ।
कार्यक्रममा सहभागी ग्राहकहरूले क्यास डिस्काउन्टमा अधिकतम ८ हजार, भ्यालु एडिसनमा अधिकतम १० हाजार, मिनिमम भ्यालुएसन (गुडे पनि नगुडे पनि) मा अधिकतम ३० हजार सुविधा प्राप्त गर्नेछन ।त्यसैगरी ‘टिभिएस एक्सचेन्ज मनिया’ कार्यक्रममा निःशुल्क एक्सेसोरिजतर्फ हेल्मेट, ब्याग, बाइक कभरसहित टिभिएस लाइफटाइम वारेन्टीको अफरको प्रबन्ध पनि रहेको जनाइएको छ ।जगदम्बा मोटर्सले ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर ‘टिभिएस एक्सचेन्ज मनिया’ कार्यक्रम गरेको हो ।



















