राजकुमार यादव
रौतहट,कृष्ण जन्माष्टमीका अवसरमा आयोजित मेलाको उद्धाटन गर्नेक्रममा आक्रमणमा परी गम्भीर घाइते हुनुभएका रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ ।

हाल वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत साहलाई निरन्तर रिङ्गटा लाग्ने, बान्ता हुने र हिड्न समस्या हुने जस्ता समस्या छ । नगर प्रमुख साहको स्वास्थ्य अवस्थामा सुधार नआए आज (सोमवार) काठमाडौं रिफर गर्नुपर्ने सम्भावना रहेको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।गाउँमा लागेको मेलाको उद्धाटन कार्यक्रममा सहभागी हुने क्रममा स्थानीयको एउटा समूहको आक्रमणबाट गम्भीर घाइते हुनुभएका मेयर साहको टाउकोमा १६ वटा टाँका लगाइको छ ।

नगर प्रमुख साहले आफूमाथि योजनाबद्ध ढंगले आक्रमण गरिएको दाबी गर्नुभएको छ । उहाँले घटनाको प्रमुख योजनाकार स्थानीय पवन पण्डित (भुरेन्द्र) भएको पनि जनाउनुभएको छ ।यसैबीच इलाका प्रहरी कार्यालय गरुडाले मेयर साहामाथि आक्रमणमा संलग्न भएको आरोपमा स्थानीय विनोद साह, रामअधार साह र रितिक साहलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply