नरेश गुप्ता

बरियारपुर,बाराको आदर्शकोतवालमा विवाहको रथ अनियन्त्रित्रत भएर पल्टिँदा २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १३ जना जन्ति घाइते भएका छन ।

जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलमा सोमबार बेलुकी विवाहको बेहुला, बेहुली र जन्ति बोकेको रथ दुर्घटना हुँदा २ जनाको मृत्यु र १३ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय लक्षु राम महराका छोरा सियाराम महरा चमारको बिहेमा प्रयोग भएको रथ दुर्घटना हुँदा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा निवासी बनारसी रामका छोरी वर्ष १५ की निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकिनगर निवासी दिपेन्द्र रामकी श्रीमती वर्ष २५ की बालकुमारी रामको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी १३ जना घाइते भएका छन । घाइते मध्ये केहिको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिलिप सिंह देउवाले जानकारी दिनु भयो ।

दुर्घटनामा घाइतेहरुको उद्धार तथा उपचार कार्यमा जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवसहित सशस्त्र प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here