काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग ११÷० को फराकिलो अन्तरको हार बेहोरेको छ ।भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आइतवार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग फराकिलो गोल अन्तरले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो ।

यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो ।यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो । प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेल्दा साउदी अरबलाई १–० गोलले हराएको थियो ।

Leave a Reply