बिदुर खडका

डुमरवाना,नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वखेलाडी हिमाल केसीले फुटबलको तुलनामा भलिबलले राष्ट्रलाई चिनाउने काम गरेको बताउनुभएको छ । बिगतमा भन्दा हालका दिनहरुमा भलिबलप्रति जनचासो बढेको केसीको भनाइ छ ।डुमरवाना विकास मंञ्चले आयोजना गरेको प्रथम वडा अध्यक्ष भलिबल प्रतियोगिताको लागि रेफ्री संयोजकको रुपमा डुमरवाना आउनुभएका केसीले बुधवार सो कुरा बताउनुभएको हो ।डुमरवानामा यहि फागुन १८ गते बिहीवारदेखि २० गतेसंम्म हुने वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजक डुमरवाना विकास मंञ्चका अध्यक्ष जितेन्द्र चौधरी प्रतियोगिता बारे जानकारी दिनुभएको हो ।प्रतियोगितामा गण्डकी, बागमति र मधेस प्रदेश गरि १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी टोलीले ८० हजार नगद र उपविजेता टोलीले ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको लागि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ वडा कार्यालयले ३ लाख आर्थिक सहयोग गरेको वडा अध्यक्ष हेमनारायण चौधरीले जानकारी दिनुभयो ।पत्रकार प्रदिप गौतमले संञ्चालन गरेको पत्रकार सम्मेलनमा डुमरवाना विकास मंञ्चका प्रमोद चौधरी, रुपलाल चौधरीलगायत मंञ्चका सदस्यहरुको उपस्थित रहेको थियो ।

Leave a Reply