निजगढ,निजगढकी फुटबल खेलाडी करुणा बुढाथोकी मधेस प्रदेशबाट राष्ट्रिय महिला लिग फुटबलको छनौटमा पर्न सफल भएकीछिन ।मधेस प्रदेशबाट राष्ट्रिय महिला लिग खेल्ने महिला फुटबल टोलीको आइतवार घोषणा गरिएको हो ।
मधेस प्रदेश फुटवल संघले निजगढकी बुढाथोकी सहित १८ सदस्यीय फुटबल टोलीको घोषणा गरेको हो । टोलीमा गोल रक्षक द्वय उषा थापा र निजगढकी बुढाथोकी रहेका छन् ।
यस्तै टिममा सलोनी राना मगर, सजनी थो कर, सुनिता भोलन, दिव्या एस्माली मगर, सोनु वाइबा, सुनिता विश्वकर्मा, मन्दिरा राई, दिल कुमारी मगर, दिलमाया घिसिङ, विष्णु माया बल, काजल स्याङ्तान, सुनिता सुनार, रजनी थोकर, कविता गुरुङ, अस्मिता खवास र सलोनी कुमारी चौधरी रहेका छन् । टोलीको प्रशिक्षकमा चित्रकुमार मगर, सहायक प्रशिक्षकमा भोजराज घिमिरे, टिम व्यस्थापकमा शम्भु सिंह ठकुरी र फिजियोमा ललिताकुमारी चौधरी रहेका छन् ।
वैशाख ७ गतेदेखि सुर्खेतमा संचालन हुने प्रतियोगीमा मधेस प्रदेशले वैशाख ८ गते बागमती प्रदेश विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा सात वटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।


















