नेपालमा मुलतः एमाले भन्दा बाहेकका केही कम्युनिष्ट पर्टीमा दोश्रो तहका नेताहरुमा एउटा सकृयता देखिएको छ । एमालेमा पनि यो छलफल आवश्यक त छ तर हालका लागि एमालेमा यो संभव नहोला जस्तो देखिन्छ । तर माओवादी र अन्य साना बाम दलकाबीचमा भने छलफल भएको देखिन्छ । माओवादी,समाजवादी, बिप्लवको पार्टी सहितमा दोश्रो दर्जाका नेताहरुमा पछिल्ला केही दिनदेखि सकृयता देखिएको छ । नेपालमा कम्युनिष्टहरु पनि यत्ति छन कि को वास्तबिक कम्युनिष्ट हो भन्ने कुरा अब यसै ओझेलमा परेको छ नै । अब सिद्धान्त भन्दा पनि देश बनाउने कम्युनिष्टको खोजीमा जनता देखिएका छन ।

त्यसैले पनि कम्युनिष्ट पार्टीमा दोश्रो तहका नेताहरुको सकृयताले केही काम गर्छ कि भन्ने आश देखिएको हो । धेरै आश गर्ने ठाउँ त छैन । किनभने माओवादीमा पनि पुष्पकमल दाहालले बिकल्प दिन तयार भएको देखिदैन । समाजवादीको अवस्था यस्तै छ अनि एमालेको त कुरै नगरौं । हालका लागि त्यहाँ एक खालको छलफल समेत निषेध छ । तर,देशका लागि कम्युनिष्ट एकता आवश्यक छ ।

केपी ओली, पुष्पकमल दाहाल बिनाको कम्युनिष्ट नै नेपालीहरुले अब चाहना गरेको कुरा हो । एमाले सहित यी सबै कम्युनिष्ट पार्टीमा भएका नेताहरु मिलेर देश र जनताका लागि केही गरुन भन्ने चाहना नागरिकहरुको हो । अब यो देशका लागि जसले जे भनेपनि ओली, दाहालहरु असफल भइसके । अब यिनीहरुको आवश्यकता छैन । हिजो जे गरे त्यो ठीक बेठीक जे भएपनि अब फरक कम्युनिष्ट चाहिएको छ त्यो पनि दोश्रो तहबाट मात्र ।

 

Leave a Reply