एउटा कल्पना गरौं, यदि समाजमा प्रहरी नै भएन भने के होला ? त्यस्तो अवस्थामा समाजमा कोही पनि सुरक्षित हुनसक्दैनन र समाज गुण्डाहरुको राजमा परिणत हुनेछ । सर्वसधारणहरुले शान्तिको स्वास फेर्न पाउने कुरै भएन ।
त्यसैले हरेक देशमा प्रहरी संगठन राखिन्छ र नेपालमा पनि छ तर नेपालको प्रहरी संगठनको मनोबल पछिल्लो समयमा भने निकै गिराउने कार्य भइरहेको छ । प्रहरीकै मनोबल गिरेपछि कसरी समाजमा अमनचयन होला र ? यो प्रश्न विशेषतः जेनजीको नाउमा भएको आन्दोलन पछि देखिएको छ । जेनजीको उद्देश्य प्रहरीको हत्या गर्ने थिएन होला अनि प्रहरीको उद्देश्य पनि जेनजी मार्ने पक्कै होइन नै ।

पछिल्लो पटक बाराको सिमराको घटनाले फेरि एक पटक प्रहरीको मनोबल गिराएको छ । हो, त्यो घटनामा दोष कसको थियो, कसरी परिचालन भएका थिए व्यक्तिहरु यसको अनुसन्धान हुन आवश्यक छ तर सुरक्षामा खटिएको प्रहरीमाथि जाइलाग्ने अनि प्रहरीले दमन गरेको छ भनेर जिल्लाकै सुरक्षा प्रमुख अझ भनौं प्रहरी प्रमुख नै फेरिदिने ?
अब जिल्लामा आएका अर्का प्रहरी प्रमुखले पनि शान्ति त कायम गर्न पर्ला फेरि ती प्रहरी प्रम्ुखले पनि दकम गरे भनेर सरुवा गर्दै जाने हो भने प्रहरी संगठन कसरी चल्ला ? कसरी समाजमा शान्ति सुरक्षा कायम होला ?

कसरी अपराध नियन्त्रण होला ? कसरी चुनाव होला अनि कसरी प्रहरीको मनोबल बढ्ला र ? कोही अमुर्त व्यक्तिले कानुन हातमा लिन मिल्दैन । प्रहरी संगठनलाई चुनौती दिन मिल्दैन तर यहाँ यस्तै भइरहेको छ । यस्तै तरिका रहने हो भने प्रहरी संगठनलाई नेपालमा असफल बनाइने छ र देशमा विदेशी फौज आउनसकनेतर्फ जेनजी वा सबै पक्षले बेलैमा बुझ्न आवश्यक छ ।

Leave a Reply