चन्द्रपुर,राजश्व हिनामिना गरेको अभियोगमा रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर रामचन्द्र चौधरी र अन्य ३ जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवाना तोकेको छ ।विशेष अदालतका अध्यक्ष तथा न्यायधिस टेकनारायण कुंवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले चार जनालाई दोषी ठहर गर्दै बिगो, बिगोको दोब्बर जरिवाना र ४ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।

चारै जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर चौधरीसहितका ४ जना आरोपीहरूले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको आरोपमा मुद्दा दायर भएको थियो ।विशेष आदालतले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३ सय ९६ को चार जनालाई दामासाही बिगो बराबर जरिवाना हुने ठहर गरेको छ ।

Leave a Reply