काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमवार सार्वजनिक गरेको छ । बोर्डको सोमवार साँझ सकिएको बैठकपछि नतिजा सार्वजनिक भएको हो ।बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यसैबीच कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ ।

वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

Leave a Reply