वीरगन्ज, २० भाद्र/ वीरगञ्ज महानगरपालिकाले छात्रवृत्तिका लागि फारम बुझाउने समय थप गरेको छ ।यसअघि प्रकाशित सूचना अनुसार फारम बुझाउने समय शुक्रबारसम्म मात्रै रहेकोमा त्यसलाई थप गरेर अब ३१ गतेसम्म पु¥याइएको छ ।

फारम भर्न अझै पनि धेरै विद्यार्थी छुटेको गुनासो आएकाले समय थप गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।फारम भर्न कोही पनि बञ्चित नहुन भनेर भदौ ३१ गतेसम्मका लागि पुनः म्याद थपिएको उनको भनाई छ ।छुटेका विद्यार्थीलाई यही ३१ गते शुक्रबार दिउ“सो ४ बजेसम्ममा फारम भरिसक्न समय दिइएको छ ।

महानगरपालिकाले जेहेन्दार, विपन्न, जनजाती, दलित, अपाङ्ग, जनआन्दोलनका घाइते, शहिद परिवारका सन्तान, वेपत्ता परिवारका सन्तार र मधेश आन्दोलनका घाइतेका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने छ ।

विद्यार्थीले आफू भर्ना भएकै विद्यालयबाट फारम वितरण र संकलन कार्य भइरहेकाले त्यही“बाट फारम भरेर विद्यालयमा बुझाउन पनि महानगरले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

Leave a Reply