निजगढ,रिटर्नी माइग्रेन्ट नेपालको तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारणसभाबाट निजगढ नगरपालिका–७ निवासी सरोज कोइराला आगामी कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले कृष्णकुमार न्यौपानेलाई अध्यक्ष र कोइरालालाई संस्थाको केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो।
निर्वाचनपश्चात उपाध्यक्ष कोइरालाले आफ्नो मनोनयनलाई अवसर र चुनौतिका रूपमा लिँदै संस्थाको हक, हित, प्रवद्र्धन, संरक्षण तथा विदेशबाट फर्किएका सम्पूर्ण रिटर्नी नेपालीहरूको अधिकारका लागि सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिटर्नी माइग्रेन्ट नेपालको विभिन्न गतिविधिमा सक्रिय रहदैआउनुभएका कोइरालाले रिटर्नीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।रिटर्नी माइग्रेन्ट नेपालले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई सामाजिक पुनःस्र्थापना, सीप विकास, रोजगारी सिर्जना र अधिकारको संरक्षणमा योगदान गर्दै आएको छ ।



















