जीतपुर,परवानीपुर गाउँपालिकामा हालै भएको निर्वाचनबाट निर्वाचित अध्यक्ष राम क्षेत्री कुर्मीसहित गाउँपालिकाका पदाधिकारीहरुलाई न्युजगदम्बामाई युवा क्लबले मंगलवार सम्मान गरेको छ ।
क्लबले गाउँपालिका कार्यालयमा आयोजना गरेको एक कार्यक्रममागाउँपालिका अध्यक्ष कुर्मी, उपाध्यक्ष सुगान्धीदेवी कनुईन, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार तथा वडा नम्बर ४ का वडा सदस्य जगदिश साह कानुलाई सम्मानित गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ४ चैनपुरविर्तामा हालै गठन भएर क्रियाशील रहेको क्लबले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा, फूलमाला र मायाको चिनोबाट सम्मानित गरेको हो ।
क्लबका अध्यक्ष प्रदिपकुमार महतोको सभापतित्व भएको कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य एवं युवा नेता उमेश गुप्ता, वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष गजेन्द्रप्रसाद पटेल स्थानीय बुद्धिजिवी शिवपुजन राउत कुर्मी र संचारकर्मी शम्भुप्रसाद महतोको विशेष उपस्थिति रहेको थियो ।
क्लबकासचिव सुरेश साहले संचालन गर्नुभएको सो कार्यक्रममा सदस्य दिपेश कुशवाहाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष रोशनप्रसाद पटेल लगायतका पदाधिकारी तथा सदस्यहरुले उल्लेख्य उपस्थिति रहेको थियो ।