कुनै समय टेलिभिजन कार्यक्रम गरेर जनताको मन जितेका रवि लामिछानेले गत भदौंमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे र त्यसको केही महिनापछि नेपालमा आम निर्वाचन भयो र यो पार्टीले अपेक्षाकृत मत ल्यायो । प्रदेश सभाको निर्वाचनमा सहभागी नभए पनि आम निर्वाचनबाट यो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको छ । छोटो समयमा यसले उलेख्य मत ल्यायो । उसले यति मत ल्याउला भनेर कमैले बिश्वास गरेका थिएनन ।नेपालका शीर्ष दलका नेतालाई नै हम्मेहम्मे पार्ने गरी रविले चुनावी अभियान चलाए । उनले टेलिभिजनमा कार्यक्रम संचालन गरी रहदा निकै क्रान्तिकारी कुरा गर्ने गर्दथे जसका कारण उनी जनस्तरमा लोकप्रिय थिए । तिनै रवि जो यही स्वतन्त्र पार्टीका अध्यक्ष बने र आज उनी समयसंगै नेपाल सरकारको गृहमन्त्री र उपप्रधानमन्त्री बन्न पुगेकाछन । यति छिटो सरकारमा रवि नगएको भए हुने थियो भन्नेहरु पनि छन् ।तर, उनी सरकारमा गएर जिम्मेवार मन्त्रालय सम्हाली सकेका छन् । अब उनका अगाडि मुख्य चुनौति भनेको हिजो आफैले बढी वकालत गर्ने निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने जिम्मेवारी छ । अरुलाई प्रश्न गर्ने ठाउँमा आज आफै पुगेका छन् । अब उनी जवाफ दिने स्थानमा पुगेकाले पनि उनकाअगाडि अब जिम्मेवारी र अब उनको परीक्ष पनि शुरु भइसकेको छ ।

Leave a Reply