वीरगन्ज,देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएको छ ।

उनीहरुले भाडा समायोजनका लागि आइतवारसम्मको समयसीमा दिएका थिए । यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो ।

तर आइतवारसम्म माग पूरा नभएपछि सोमबारदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् ।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने भएका छन् । २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ ।

Leave a Reply