निजगढ,बाराको निजगढ नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । निजगढमा गरिएको कोरोनाको पिसिआर परीक्षणमा ८० प्रतिशतमा कोरोना पुष्टि भएसंगै नगरमा संक्रमणको उच्च जोखिम देखिएको हो ।
निजगढ नगरभित्र हालसम्म एक सय ६८ जना कोरोनाबाट संक्रमित भइसकेका छन भने हाल निजगढमा ९७ जना जना सक्रिय संक्रमित रहेका छन । जसमध्ये २५ जनाको मृत्यृ समेत भइसकेको छ । तर नगरपालिका कार्यालयसंग मृत्युको आधिकारिक तथ्याङ्क भने छैन ।
देशका अन्य भागमा कोरोना सक्रमण घटदो अवस्थामा रहे पनि निजगढमा भने यो क्रम बढदो अवस्थामा छ । निजगढ नगरपालिकाभित्र पछिल्लो समयमा सक्रमितको मृत्यले समेत यो कुरा पुष्टि गरेको छ । तथ्याङ्कको अभावमा नगरपालिकाले सक्रमणबाट मृत्यृ हुनेको सख्या जम्मा ६ मात्र रहेको जनाएको छ ।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले कोरोणाको सक्रमण समुदाय स्तरमा फैलिएको हुदा केहि दिनको लागि बजार र पसल पुर्ण रुपमा बन्द गर्नु पर्ने बताउनुहुन्छ । तर स्वास्थ्य शाखाको सुझाव विपरित विपत व्यवस्थापन समितिले खाद्यान्न, माछा, मासु लागयतको व्यवसायलाई पनि हप्ताको तीन दिन खोल्न दिने अनुमति दिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नगरी संचालनमा ल्याइएका पसल र व्यवसायका कारण नगरमा कोरोनाको जोखिम बढेको बताइएको छ ।
यसैबीच नगरपालिकामा शुक्रबार बिहान विपद ब्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको छ ।