निजगढ,नेकपा एमाले निजगढ वडा नम्बर ११ वडा कमिटीको चौंथो वडा अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
एमाले पोलिटब्यूरो सदस्य एवंम पुर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा र वडा कमिटीका अध्यक्ष बाबुराम स्याङ्तानको अध्यक्षतामा भएको अधिबेशनले धनबहादुर ग्याबाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष सिपी गुरो, सचिव काशिराज राउत, उपसचिव सिताराम भट्टराई र महिला उपसचिव मन माया श्रेष्ठ तथा सदस्यहरुमा सूर्यबहादुर थिङ्ग, नविन श्रेष्ठ, रामकृष्ण थिङ्ग, रमा बस्नेतलगायत सर्वसम्मत निर्वाचित हुनुुभएको छ ।
कार्यक्रममा बोल्दै एमाले नेता पौडेलले एमालेका कार्यकर्ताहरुले जहिले पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । जनताको मन जित्ने गरी काम गर्न सकियो भने पार्टी पनि शक्तिशाली हुने उहाँको भनाई थियो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर १ (१) का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, एमाले निजगढ नगर अध्यक्ष तिलक घलानलगायत प्रदेश कमिटी सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply