कलैया,सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट करिब आठ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
जिल्लाको पचरौता नगरपालिका ७ बेनौलिबाट एक मोटरसाइकलसहित कम्प्युटरका पाट्स बरामद गरिएको छ । बरामद सामानको अनुमानित मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।यसैगरी जिल्लाको बिश्रामपुर गाउँपालिकाको घोडासन, बलिरामपुर र मुसर्वा सीमाक्षेत्रबाट जुत्ता–चप्पल, तन्ना, महिलाका कुर्ता तथा ट्र्याक्टरका पाट्ससहित करिब एक लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट मोबाइल टेम्पर ग्लास बरामद गरिएको छ, जसको अनुमानित मूल्य ३५ हजार रुपैयाँ रहेको छ ।सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.काअनुसार बरामद गरिएका सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply