बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ मा अवस्थित ब्रम्हबाबा सामुदायिक वन उपभोक्ता समूह ११ वर्षपछि नयाँ कार्यसमिति चयन भएको छ ।सिंगौलको बनस्थली हाटबजारमा बुधबार सम्पन्न वन समूहको साधारण सभाले सवुरन कछडियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै समूहलाई सक्रिय बनाउने निर्णय गरेको हो ।

साधारण सभाले समूहको उपाध्यक्षमा बुनुकुमारी तिमलसिना, सचिवमा राकेश लामा, कोषाध्यक्षमा वडा नम्बर १ की पूर्ववडा सदस्य सोपिला स्याङतान र सहसचिवमा बिना थोकर चयन भएका छन् ।त्यसैगरी कार्यसमिति सदस्यहरूमा देवबहादुर मोक्तान, बुद्धबहादुर लोप्चन, तिलकबहादुर दमाई, जगरनाथ ठाकुर, रामेश्वर गुरो र रुपा श्रेष्ठ चयन भएका छन् ।
साधारण सभाले सल्लाहाकार र अनुगमन समिति समेत गठन गरेको छ । अनुगमन समितिमा दावा लामा (बोम्जन), लालबाबु चौधरी, लक्ष्मी नारायण गुरो तथा वडा नम्बर १ का वडा सदस्य कन्तलाल धामी रहेका छन् भने सल्लाहकार समितिको सदस्यमा कान्छालाल थोकर, समाजसेवी मानबहादुर योन्जन र कार्साङ मोक्तान चयन भएका छन् ।त्यस्तै लेखा समितिमा सरलोकुमार कछडिया, बिजरमान ब्लोन र सन्त ज्ञनेश्वर गुरो चयन भएका छन ।

कार्यक्रममा वन समूहका उपभोक्ताहरू, वडा नम्बर १ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालय बाराकी अधिकृत शर्मिला नेपालले नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्नुभएको थियो ।

ब्रम्हबाबा सामुदायिक वन उपभोक्ता समूहमा हाल २५४ घरधुरी परिवार आबद्ध रहेको जानकारी वडा सदस्य कन्तलाल धामीले दिनुभएको छ ।लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको सामुदायिक वनको समितिको नयाँ कार्यसमिति चयन वन संरक्षण र वन पैदावार उपभोगमा सहज हुने उपभोक्ताहरुले विश्वास जनाएका छन ।

Leave a Reply