कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जिराभवानीबाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेलको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ परसवा चौरस्थित नियमित चेकजाँच गर्ने क्रममा बि आर २२ पि १के ८७३५ नम्बरको भारतीय मोटरसाइकलबाट भारत जाँदै गरेका भारत बिहार पश्चिमी चम्पारण भवटा पन्चायत गोपालपुर बस्ने वर्ष ५५ का मजिद मियालाई एक किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।गाँजासहित पक्राउ परेका मियालाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सेढवामा पठाइएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भिखमपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्काले जानकारी दिनुभयो ।

Leave a Reply