निजगढ,प्रहरीले बारामा छुट्टछुट्टै स्थानबाट लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले निजगढबाट २, सिम्रौनगढबाट १ र फेटा गाउँपालिकाबाट अर्का एक जनालाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय निजगढले दिएको जनाकारीअनुसार प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १२ थली टोल बस्ने अन्दाजी वर्ष ४२ को सुरज घलान
र सोही ठाउँ बस्ने अन्दाजी वर्ष २२ को समिर घलानलाई मंगलवार राति १०ः३० बजे २४ केजी गाँजासहित निजगढ नगरपालिका ११ स्थित पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलबाट २४ केजी गाँजासहित पक्राउ गरिएको हो ।प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार आरक्षको जंगलमा प्लास्टिकको बोरा बोकी पैदल हिडिरहेको अवस्थामा चेक जाँच गर्दा उनीहरुले बोकेको बोराभित्र ४ वटा पोकामा सो परिमाणको गाँजा फेला परेको थियो ।पक्राउ परेका उनीहरुमाथि कानुनी कारबाहीको अघि बढाइएको निरीक्षक लामिछानेले जनाउनुभयो ।त्यसैगरी बारा प्रहरीले प्रतिबन्धित लागु औषध १० हजार ३८० पिस क्याप्सुल सहित १ जना भारतीय नागरिकलाई मंगलवार पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा कलैयाका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलीसहित खटिएको प्रहरीले मंगलवार साँझ ७ः३० बजे जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पावरहाउस चौकदेखि ५ मिटर पूर्वको बम नहरबाट भारत पुर्वी चम्पारण, अगर्वा ग्राम पञ्चायत वडा नम्बर ६ कोडीगावा टोल बस्ने अन्दाजी वर्ष ५० को मन्जन साह भन्ने उपेन्द्र साहलाई नियन्त्रणमा लिएको हो ।
बिआर ०५ बिके ७०३५ नम्बरको भारतीय नम्बर प्लेट भएको होण्डा कम्पनीको एसपी साइन मोटरसाइकलको लेगार्डमा बोरामा बाँधी ल्याईरहेको अवस्थामा शंका लागेर चेक जाँच गर्दा ट्रमाडोल लेखिएको १ हजार ३८ पत्ता लागु प्रतिबन्धित लागु औषध बरामद भएको र पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका वडा नम्बर १ भलुहीमा कलैयाबाट प्रसौनीतर्फ पैदल आउदै गरेका विश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासहन बस्ने वर्ष २२ का अजमुलक अन्सारीलाई बुधवार दिउसो २ः३० बजे ब्राउन सुगर जस्तो देखिन ६ सय मिलिग्राम र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम र ५८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको ।

















