नरेश गुप्ता

बरियारपुर,एक महिनाअघि भएको दुई पक्षीय झडपमा परी घाइते बनेर उपचारको क्रममा ज्यान गुमाएका कलैया उपमहानगरपालिका वडा नम्बर १९ का वर्ष १८ का राधेश्याम पटेलको परिवारलाई क्षेतिपूर्ति र घटनाका दोषिमाथि कारबाही गर्ने समहति भएपछि आफन्त र स्थानीयले बिहीबारबाट गरेको आन्दोलन रोकिएको छ ।

मृतकका आफन्त र स्थानीय प्रहरी प्रशासनबीच सहमति भएपछि अवरुद्ध सडक साँझ ५ बाट सुचारु बनेको छ ।

 

घटनामा देषिहरुलाई पक्राउ गर्न र पीडित परिवारमा क्षेतिपूर्तिको माग गर्दै बिहीबार स्थानीयको एउटा समुहले कलैया वीरगन्ज सडक खण्डको सिसहनीयमा प्रदर्शन गरेको थियो ।

मृतक पटेलका आफन्त र छिमेकीले बिहीबार बिहान ११ बजेबाट सिसहनिया चोकमा चक्का जाम गरि प्रदर्शन गरेका थिए । मृतक पटेलका आफन्तर र स्थानीय प्रशासनबीच क्षतिपूर्ति बापत १० लाख दिलाउन गृह मन्त्रालयमा पहल गर्ने, पटेललाई धार्मिक सहिद घोषणा गर्ने, मृतक परिवारमध्ये एक जनालाई रोजगारीको लागि पहल गर्ने, दोषिलाई हदैसम्मको कारबाही गर्ने, जिल्लामा धार्मिक सहिष्णुतामा खलल पुग्ने कुनै किसिमको क्रियाकलाप नगर्ने लगायत विषयमा लिखित सहमती भएको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो । सहमतिपछि अवरुद्ध सडक खोलाइएको थियो ।

छठ पर्वको मूर्ति सेलाउने विषयमा कलैया वडा नम्बर २५ इनरवारीका स्थानीयको आक्रममा परी घाइते बनेका पटेलको बुधबार उपचारको क्रममा वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा बुधबार मृत्यु भएको हो । कलैया उपमहानगरपालिका २५ ईनरवामा दुई पक्षबीच भएको झडपमा पटेल घाइते भएका थिए ।

गाउँका केही मुस्लिम र हिन्दू समुदायका युवाहरुबीच झडप हुँदा थप ४ जना घाइते बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय बारामा घाइतेका आफन्तले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन । ८ जना विरुद्ध मुद्दा दर्ता गरिएको भएपनि प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर १९ पन्चायनपुर निवासी वर्ष ३५ का नाजिर हुसेनलाई सोही दिन पक्राउ गरेको थियो । बारा जिल्ला अदालतको आदेशले हुसेन हाल वीरगन्ज कारागार रहेका छन भने बाँकी ७ आरोपीहरु भने फरार रहेका छन ।

प्रहरी प्रवक्ता राजेश थापाले घाइते पटेलको मृत्यु भएपश्चात दोषिमाथि कर्तब्य ज्यानमा मुद्दा चलाउने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here