नेपालको राजनीतिमा कति बेला के हुन्छ, यसै भन्न सकिन्न तर नेपालमा पछिल्लो राजनीतिक घटना क्रमलाई हेर्ने हो भने देशमा धु्रवीकरणको संभावना अधिक देखिएको छ । यसले देश र जनतालाई कत्तिको फाइदा गर्छ त्यो त भविष्यको कुरा होला तर नेपालमा देखिएका केही परिदृष्यले भने देश धु्रवीकरणमा जान थालेको स्पष्ट देखिन्छ । हरेक पार्टीभित्र आन्तरिक खिचातानी भएकाले पनि पार्टीभित्र समेत विभाजनको संभावनलाई नकार्न सकिन्न ।

अहिले देशको ठूलो पार्टी भनिएको एमालेभित्र पनि भूसको आगो जस्तो समस्या देखिएको छ । विशेषगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई निषेध गर्ने केपी ओलीको सोच र योजनाले एमालेभित्र विवादको बिजारोपण गरेको कुरा स्पष्ट देखिन्छ अनि काँग्रेसमा त गुट नै गुट छ र अबको प्रधानमन्त्रीमा शेखर कोइराला दौडिएको भन्ने कुरा पनि आएको छ ।
कुनै बेलामा ठूलो पार्टी माओवादी त यसै पनि सकिन लागेको छ अब त्यहाँ पनि जनार्दन शर्माले केही न केही गर्न खोेजेको देखिन्छ अनि साना पार्टी त अहिलेका लागि खासै समस्या भएनन् तर उनीहरुमा पनि विभाजन नआउला भन्न सकिन्न । यसले के देखाउन भने यो देशमा राजनीतिमा ध्रुवीकरणको समस्या देखिन्छ र निकट भविष्यमा नै हुने जस्तो पनि देखिन्छ अब यसले देश र जनतालाई फाइदा होला कि घाटा त्यसका लागि भने समयले नै कुर्न पर्ने छ ।

Leave a Reply