सिमरा, बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन् । भट्ट जीतपुरसिमरा वडा नम्बर ४ की वडा सदस्य उर्मिला भट्टका ससुरा हुन् ।
भट्टलाई घर नजिकै प्रदेश २–०३–०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो । वीरगञ्ज लैजाने क्रममा वृद्धको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।वृद्धलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक रामप्रीत चौधरीलाई प्रहरीले खोजी गरिरहेको छ ।


















