कलैया, बारा जिल्लाको भलुहीमा प्रहरी र डाँका समूहबीच दोहोरो झडप भएको छ । झडपमा परी वरिष्ठ प्रहरी नायब निरिक्षक कलाम शाही घाईते भएका छन् । डाँका पक्रने क्रममा डाँकाले प्रहार गरेको रडबाट शाही घाईते हुनु भएको हो घाईते वरिष्ट प्रहरी नायब निरीक्षक शाहीको वीरगन्ज हेल्थ केयरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सो क्रममा घाईते एक जना डाँकाको अलपाईन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपाकि वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रा।ली। सिलिन्टर कम्पनीमा डाकाहरुको समुहले लुटपाट गरीरहेको सुचना पाए लगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाकाहरुले उद्योग भित्र लुटपाट मचाईरहेको बेला प्रहरी र डाका बिच दोहोर भिडन्त भएको हो ।दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तिन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । डाकाले चार राउन्ट फायर गरेपनि ३ राउन्ट नपडकेको र एक राउन्ट पड्केको थियो ।प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थान सहित २ जना डाका पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने जयराम पासवान र १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।
बिगत ३ दिन देखि डाकाहरुको समुह त्यस उद्योगमा आएर लुटपाट मचाइरहेको उद्योगका कर्मचारीहरुले बताएका छन् ।

Leave a Reply