बाराको जीतपुरसिमरा उपमहानगरपालिका कुनै न कुनै हिसावले बद्नाम छ । मुख्य त वर्तमान मेयरका कारण झन् धेरै समस्या त्यो स्थानीय तहमा सृजना भएको देखिन्छ ।कहिले प्रमुख प्रशासकीय अधिकृतको लफडा, कहिले वडा अध्यक्षहरुसंगको लफडा तकहिले वडा अध्यक्षमाथिको आक्रमण । यो सबै जीतपुरसिमरामा नै हुने गरेको छ । जीतपुरसिमराको बिकासको अवस्था सबैमा जगजाहेर नै छ कही कतै थोरै थोरै भएपनि त्यसैमा अनियमितता भएको कुरा आउँछ ।

वडा नम्बर १६को एक दलित बस्तीमा समस्या भएको कुरा आएको छ । दलित बस्तीमा बनाइएको घर निर्माणको क्रममा अनियतिता भएको पाइएको छ । स्थानीय सरकार आफैले बनाइदिनुपर्नेमा झन् उल्टै अनियमितता भएकोमा रमिते बन्न हुँदैन । कोही जनप्रतिनिधिले चासो पनि दिएका होलान् तर परिणाममा यस्तो देखिएको छैन ।
अलिक बढी जिम्मेवार र सचेत मेयर नै हुनुपर्ने हो तर आफ्नो नगरमा के भइरहेको छ,मेयरलाई अत्तोपत्तो भएको जस्तो देखिदैन । पदमा पुगेर मलाई केही थाहा छैन भन्नु पनि त अनियमितता नै हो । मेयरबाट बद्मासी नभएको होला तर बद्मासी भएको ठाउँमा रमिते पनि बन्न हुन्न ।बाराको जीतपुर सिमरामा यस्तै देखिएको छ, जुन राम्रो कुरा होइन । अनियमितता प्रकरणमा रमिते बन्न हुँदैहुँदैन ।

















