कलैया,एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज प्रालिले बाराको कलैया अस्पताललाई एक थान अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ । वीरगन्ज शाखाका प्रबन्धक दीपक महर्जनले कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गौरव महतोलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।
एक लाख मूल्यबराबरको १० लिटर क्षमताको अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप प्रदान गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहाले जानकारी गराउनुभयो । उक्त प्रालि एक्सपर्ट फाउन्डेशनमार्फत विभिन्न सरकारी निकायको सहकार्यमा कोभिड–१९ प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ । कलैया अस्पतालमा पनि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा सहयोग गरिएको हो । उक्त संस्थाले अध्ययन तथा वैदेशिक रोजगारको क्रममा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई विभिन्न राहत प्याकेजहरू वितरण गरेको संस्थाका वीरगंज शाखा प्रबन्धक महर्जनले बताउनुभयो ।
यसैबीच सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिबद्ध व्यवसायिक संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा. लि. ले एक्सपर्ट फाउण्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ ।
यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको छ ।
यसै क्रममा बिहीबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजद्वारा एक्सपर्ट फाउन्डेसनमार्फत नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा वीरगन्जको नारायणी अस्पतालमा एक लाख मूल्यबराबरको १० लिटर क्षमताको एक थान अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप प्रदान गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहाले जानकारी दिनुभयो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज वीरगन्ज शाखाका प्रबन्धक दिपक महर्जनले नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्रबहादुर प्रधानलाई बुधवार अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नभएको थियो । सो अवसरमा नारायणी अस्पतालका निमित्त मेसु प्रधानले प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले अस्पतालमा बिरामीको उपचार गर्न ठूलो टेवा पुग्ने भन्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलकी जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी तथा नारायणी अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।