दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिका भएको चेरवन्त गोल्ड कपको उपाधि हेटौँडाले जितेको छ ।कोल्हबी नगरपािलका वडा नम्बर ११ रमपुर्वास्थित मैदानमा शनिवार भएको खेलमा हेटौडाले आयोजक मानसी बाबा युवा क्लब रमपुर्वालाई ट्राइब्रेकरमा ७÷ ६ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जितसंगै हेटौडाले १ लाख ५ हजार नगद र ट्रफी हात पारेको छ भने उपविजेता बनेको आयोजक मनसी बाबाले ५५ हजारमै चित्त बुझाएको छ ।निर्धारित समयमा दुवै टीमको तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेतरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच मानसी बाबा युवा क्लब रामपुर्वाका बिपिन चौधरी घोषित हुनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी र नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरीले विजयी टिम तथा खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गर्नुभएको थियो ।मानसी बाबा युवा क्लब रामपुर्वाको आयोजना र कोल्हबी नगरपालिकाको सहयोगमा प्रतियोगिता भएको हो ।

Leave a Reply