निजगढ,यू–१९ राष्ट्रिय महिला फुटबल टोलीमा निजगढ फुटबल क्लबकी गोलरक्षक करुणा बुढाथोकीले स्थान बनाएकी छिन् ।अखिल नेपाल फुटबल संघ एन्फाले बिहिवार घोषणा गरेको २३ सदस्यीय टोलीमा बुढाथोकी पनि समावेश भएकी हुन् ।यसअघि अण्डर– १५ र अण्डर– १७ टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी बुढाथोकीले उमेर समुहको राष्ट्रिय टोलीमा लगातार स्थान बनाउन सफल भएकी हुन् ।साफ च्याम्पियनसिप खेल्ने टोलीमा बुढाथोकी समावेश भएपछि निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले खुसी ब्यक्त गर्नुभएको छ । उहाँले क्लबबाट संचालन गरिएको निरन्तर प्रशिक्षणको प्रतिफल स्वरुप महिला तथा पुरुष फुटबल टोलीमा आफ्ना खेलाडीले स्थान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।बङ्लादेशको राजधानी ढाकामा फेब्रुअरी २ देखि ८ सम्म संचालन हुने यू १९ साफ च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल, भारत र भुटानले सहभागिता जनाउनेछ ।

Leave a Reply