भर्खरै नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालको सबैभन्दा पुरानो भनिएको पार्टी नेपाली काँग्रेसकाबीचमा अहिले चर्को लडाइ छ । मुख्यत ः सहकारी ठगी प्रकरणको नाउँमा यी दुई पार्टीका नेताहरुबीचमा रडाको देखिएको छ ।
नेपाली काँग्रेसले स्वतन्त्र पार्टीका सभापती समेत रहनुभएका गृहमन्त्री रवि लामिछानेको राजिनामालाई बढी जोड दिएको छ । नेपालको परिपेक्ष्यमा कुरा गर्ने हो भने त काँग्रेसले स्वतन्त्र पार्टीलाई नैतिकताको पाठ सिकाउने हैसियत त राख्दैन तैपनि काँग्र्रेसले आफ्नो स्वार्थका लागि भने पनि रविको उछित्तो भने काडिरहेको छ ।

गृहमन्त्री रवि लामिछानेको पनि कही कतै दोष होला नै । हावा नचली पात हल्लने कुरा त भएन । यद्यपि नेपाली काँग्रेस जसरी मुलुक बर्बाद पार्नेमा पार्टीको दर्जामा भने अहिले यो पार्टी पुगिसकेको अवस्था छैन तर फेरि सानातिना गल्तीलाई माफ दिने हो भने स्वतन्त्र पार्टी पनि भोलि काँग्रेसुहरुकै बाटोमा नहिड्ला भन्न पनि सकिन्न । त्यसैले खबरदारीका लागि त फेरि काँग्रेसले उठाएको कुरा पनि नराम्रो होइन ।

तर, यिनीहरुका कारण सदन बन्धन भने हुनुभएन । संसदको हिउँदे अधिवेशन यिनीहरुकै कारण धेरै अवरोध भएकै हो । अब भोलिबाट बर्खे वा बजेट अधिवेशन पनि शुरु हुदैछ । हुुन त यो बजेट अधिवेशन भएकाले पनि कुनै न कुनै हिसावले यिनीहरुको मिलाप होला किन भने पैसा त सबैलाई चाहिएला तर यिनीहरुको जुँगाको लडाइका कारण सदन भने बन्धक नबनोस र नागरिकहरुका विषय ओझेलमा नपरुन ।

Leave a Reply