पदमा बाहाल हुनेबित्तिकै अहिलेका गृहमन्त्री रवि लामिछानेले कसैलाई पनि राजनीतिक आस्थाका आधारमा जोगाउने वा संरक्षण गर्ने काम आफूबाट नहुने बताउनु भएको थियो । उहाँले पद सम्हालेको पनि एक महिना हुदैछ । प्रतिपक्ष दल काँग्रेसले एकोहोरो रविको राजिनामा माग गरिरहेको छ । उसले किन एकोहोरो राजिनामा माग गरिरहेको छ भन्नेमा पनि आशंका गर्ने ठाउँ उसैले उब्जाएको छ । यो देशमा दूधले नुहाएको कोही राजनीतिक पार्टी वा नेता छैनन् । रविकोे पनि कमजोरी होला तर अहिले काम गर्न दिनु पर्दछ ।

विरोधका लागि विरोध गर्नुभन्दा पनि काम गर्ने वातावरण बनाएपछि पनि काम नगरेको खण्डमा भने आलोचना वा राजिनामा माग गर्न पाइन्छ र लोकतन्त्रको सुन्दर पक्ष पनि यही नै हो । रविले पनि काम गरेर देखाउनु पर्दछ । ठूला माछा समाप्ने नाउँमा फेरि समात्दै छाड्दै गर्ने हो भने रविको राजनीतिक पतन हुनका लागि पनि धेरै समय लाग्ने छैन ।
शुरुमा यस्तै पनि देखिएको छ ।
सुन प्रकरणमा पक्राउ परेका माओवादीका नेता कृष्णबहादुर महराको विषयमा प्रश्न गर्ने ठाउँ छ । हुन त स्वास्थ्य कारण देखाइएको छ तर यस्ता कारण देखाउदै उन्मुक्ति पाउनेहरुको संख्या भोलिका दिनमा बढ्दै जाने भएकाले पनि यो विषयमा सर्तक भएर कम्तिमा आफ्नो कार्यकालमा वाह वाहा भन्ने पार्न सक्नुपर्छ रविले नत्र फेरि अन्य राजनीतिक दल र नेताभन्दा रवि फरक दर्जामा नपर्ने निश्चित छ ।अब फेरि कुनै पनि बाहानामा वा कारणले कसैलाई पनि उन्मुक्रि दिने काम नहोस्, नेपाली जनताको चाहना पनि यही हो ।
















