बाराको मात्रै नभइ समग्र मधेशकै स्वार्थसंग जोडिएको फाष्टट्याक अथवा द्रुर्तमार्ग निर्माण कार्यले गति लिने कुरा निर्माणको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले अबको तीन वर्षभित्र निर्माणको सबै काम सम्पन्न हुने जनाएको छ । अब सेनाको कुरा बिश्वास गर्ने हो भने द्रुर्तमार्गमा सयर गर्नका लागि धेरै समय कुर्नु पर्दैन ।

तर, सेनाले यो बताएपनि सेनाको भनाइमा बिश्वास गर्ने अवस्था छैन । सरकारले सडक बनाउनका लागि दिने भनेको रकम दिएको छैन । सबै साधन श्रोत र रकम भए त समयमा काम हुने हो । यी सबै कुराको अभाव भएपछि कसरी समयमा यो बाटो बन्ला र ? यो बाटो बनेको पनि धेरै समय भइसकेको छ । विभिन्न कारणले यो अझै अगाडि बढ्न सकेको छैन ।

सबैको स्वार्थका लागि पनि यो दुर्त मार्ग बन्न आवश्यक छ तर बनिरहेको छैन । नेपाली सेनाले दाबी गरेको जसरी यो बाटो. यही समयमा सकियो भने पक्कै पनि यसले सबैलाई फाइदा हुनेछ । यो बाटोमा सबै लाग्न आवश्यक छ र यो बाटो चांडै निर्माण सम्पन्न गराउन पनि जरुरी छ । सेनालाई साथ भएको खण्डमा भने काम समयमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here