निजगढ,निजगढमा जारी नगरस्तरिय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न मैत्रीपुर्ण महिला फुटबल खेलमा निजगढ फुटबल क्लब बिजयी भएको छ ।
निजगढ फुटबल क्लवले निजगढ सिटी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । निजगढ सिटीमाथि शुरूवातदेखि नै हाबी देखिएको निजगढ फुटबल क्लबले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो ।
खेलको १८ औ मिनेटमा एलिजा उप्रेतीले गोल गर्दै निजगढ फुटबल क्लवलाई अग्रता दिलाएकी थिइन ।
त्यसैगरी २४ औ मिनेटमा सरिता घिमिरेले निजगढको अग्रता दोब्बर पारिन । निजगढ फुटबल क्लवले गोलको लागि थुप्रै प्रहार गरे पनि थप गोल हुन सकेन र निजगढले खेल २–० ले जित्यो ।
खेलको उत्कृष्ट खेलाडी निजगढ फुटबल क्लबकी मेरी लामा भइन । खेलमा प्राप्त थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा फराकिलो जित निकाल्नबाट चुकेको निजगढ फुटबल क्लवका प्रशिक्षक सन्तोष गुरुङले बताउनुभयो । प्रशिक्षक गुरुङले खेलाडीहरुको खेल्ने शैलीमा स्तरोन्नति भएको बताउदै आगामी खेलहरुमा टिमले अझै राम्रो गर्ने बताउनुभयो ।