कृष्णउदास खनाल
वीरगञ्ज,वीरगन्ज हेटौंडा सडकखण्ड अन्तरगत बाराको अमलेखगन्ज प्रहरीले भारी मात्रामा अबैद्य सामान सहित एउटा ट्रक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको अगुवाइमा रहेको प्रहरीले बिशेष सुराकीको आधारमका सो परिणाममा समान सहित ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना। ८ ख । ७२४२ नम्बरको ट्रक शंका लागी चेकजाँच गर्दा भारी मात्रामा बिभिन्न सामानहरु अबैद्य रुपमा ल्याइएको पाइएको प्रहरीले जनाएको छ । सो त्रममा एक करोड, २५ लाख, २४ हजार १० रुपैयाँका सामानहरु कस्मेटिक,कोकोनट, बदाम,कपडा तथा बिभिन्न सर्जिकल सामानहरु फेला पारिएको र आवश्यक कारवाहीका लागि राजश्व अनुसंधान कार्यालय पथलैया बारालाई ट्रक सहित सामान जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय अमलेखगन्जका प्रहरी बरिष्ठ नायब निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । सो ट्रक भित्र रहेका सामानहरुमा भन्सारका कागजपत्रहरु नभेटिएको र बील बीजक पनि फेला नपारेपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । यसअघि पनि करिब एक महिना अगाडि यो प्रहरी कार्यालयले करोडौंको लागू औषध बरामद गरेको थियो ।


















