वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ११ लाखभन्दा बढी मूल्यका धान लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले ११ लाख ८० हजार मूल्य बराबरको धान लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ सडकखण्डबाट ६ हजार केजी धान लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।उनका अनुसार ना.४ त २५७२ नम्बरको ट्याक्टरमा लोड रहेका उक्त परिमाणका धानसहित प्रहरीले चालक पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षका बिनोद कुमार महतो पक्राउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–२१ हनुमान मन्दिर सडकखण्डबाट घरेलु मदिरा लोड गरेको ट्रक बरामद गरेको उनले बताए ।हेटौडाबाट आउँदै गरेको ना ७ ख ७९७७ नम्बरको ट्रकबाट ८१० लिटर घरेलु मदिरा बरामद भएकोले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।प्रहरीले ट्रक चालक बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ३५ वर्षका राजु यादवलाई समेत पक्राउ गरेको जनायो ।बरामद सामान तथा सवारीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here