निजगढ,लायन्स क्लब अफ निजगढको अध्यक्षमा अनुणकामार साह (सर्राफ) सर्वसम्मतिले चुनिनुभएको छ । क्लबको शनिवार बसेको बैठकले साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै क्लबको पहिलो भिपीमा रामकृष्ण नेपाल चयन हुनुभएको छ भने दोस्रो भिपीमा नवराज शर्मा, सेक्रेटरीमा राम चौलागाई र ट्रेर्यजरमा कैलाशबहादुर तिमल्सिना रहेका छन । बाँकी अन्य सदस्यहरुमा पूर्वसमितिका सदस्यहरुलाई नै निरन्तरता दिएको अध्यक्ष रामचन्द्र जैसवालले जानकारी दिनुभयो ।

बैठकमा लायन्स क्लबका मधेश प्रदेश ड्रीस्टिक कोडिनेटर बिनोद भारती, ड्रीस्टिक एडिसन्ल क्याबिनेट ट्रेर्यजर दिपेन्द्र श्रेष्ड, पूर्वप्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । शनिवार चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरु हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here