सिमरा,बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ सिमरास्थित जगदम्बा स्टिल कारखानाको भट्टी पड्किँदा बुधवार राति केही मजदुर घाइते भएका छन् ।राति करिब ९ः ३० बजेको समयमा भएको उक्त घटनाबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले प्रारम्भिक जानकारी दिनुभएको छ । उहाँका अनुसार विष्पोटबाट हालसम्म कुनै मानवीय क्षति नभएको तर केही मजदुरहरु घाइते भएका छन् ।‘ठूलो मानवीय क्षति नभए पनि केही मजदुर सामान्य घाइते भएका छन्,’ डिएसपी जोशीले भन्नुभयो, ‘घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।’
उक्त भट्टी पड्किने कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ र अनुसन्धान कार्य अघि बढाइएको छ ।

स्थानीयबासीका अनुसार भट्टी पड्किएसँगै कारखाना परिसरमा ठूलो आवाज आएको थियो भने वरपरको जमिन र घरहरुमासमेत कम्पन भएको थियो । ठूलो आवाजसंगै भएको कम्पनबाट स्थानीयबासिन्दा त्रसित बनेका थिए ।
सिमराको घनाबस्तिको बीचमा रहेको जगदम्बा स्टिल बारा जिल्लाको एक प्रमुख उद्योगमध्ये पर्दछ । उद्योगमा सयौं मजदुर कार्यरत छन ।

Leave a Reply