बारा,नेपाल पत्रकार महासंघ बारा शाखाको १७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

अमलेखंजस्थित इलाफेन्ट भिलेज रिसोर्ट मा शाखा अध्यक्ष रेशम तिवारीको अध्यक्षतमा भएको सो साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव दिपेन्द्र चौहानले गमलाको विरुवामा पानी हालेर उद्धाटन गर्नुभएको थियो ।
उद्धाटन सत्रमा पत्रकार महासंघ केन्द्रीय सदस्य सुभाष साह, केसी लामिछाने, शिव पुरी, मधेस प्रदेश समितिका महासचिव श्याम बन्जारा, संविधान सभाका सदस्य शोभाकर पराजुली, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललगायतले साधारण सभाको सफलताका लागि शुभकामना दिनुभएको थियो ।
साधारण सभाले बारा शाखाका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह र कमल उपाध्यायलाई सम्मान गरेको छ । त्यसैगरी बारा जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित सुभाष साह र मधेस प्रदेश सदस्यमा निर्वाचित महेश्वर अधिकारी तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा निर्वाचित महासंघका पूर्वसाधारण सदस्य हरिदेव खरेलाई पनि सम्मान गरेको छ । साधारण सभाको बन्द सत्रले शाखा सचिव अनिल गौरवले प्रस्तुत गरेको सांघठानिक र कोषाध्यक्ष श्याम गुप्ताले पेस गरेको आर्थिक प्रतिवेदन शंसोधन र थप सुधारसहित पास गर्ने निर्णय गरेको छ ।
















